बाल शिक्षा सदनको १४ औँ वार्षिकोत्सव – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

बाल शिक्षा सदनको १४ औँ वार्षिकोत्सव

    मा प्रकाशित

गोविन्द खड्का
घोराही १९ माघ ।
बाल शिक्षा सदन घोराही १५ भरतपुर दाङको १४ औँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष लिलाधर पन्थीको अध्यक्षता एवम् पतञ्जली योग समिति दाङका अध्यक्ष प्रभारी उदय बहादुर डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो अवसरमा घोराही १५ का सदस्य माधव श्रेष्ठ, दीपशिखा आवासिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव अधिकारी, रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसुदन खनाल, भरतपुर खानेपानीका अध्यक्ष शंकर गौतम, शान्तिसुधा आमाविका अध्यक्ष दामोदर खनाल, भरतपुर घोराही १५ शित्तल टोलका अध्यक्ष श्याम अचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन प्रिन्सिपल विमला आचार्यले गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्