तुलसीपुरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

तुलसीपुरमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

    मा प्रकाशित

लक्ष्मण बस्नेत
तुलसीपुर, १९ माघ ।

दाङको तुलसीपुरमा सर्वाधिक राशीको अध्यक्ष कप अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ शनिवारदेखि सुरु भएको छ ।

तुलसिपुर उपमहानगरपालिका–६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोट्र्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले खेल उद्घाटन गरेकी हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वलीले विश्व माझ राष्ट्रको झण्डा फहराउने एक मात्र दरिलो माध्यम खेल क्षेत्र भएको बताइन ।

खेलकुद राष्ट्रको सान र पहिचान हो यसले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्छ यो हामी सारा नेपालिको गौरव भएकाले यसलाई देशको समृद्धिसंग जोडेर लैजानु बताइन । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, निबर्तमान नगर प्रमुख घनश्याम पान्डे, अधिकारकर्मी शुष्मा लामिछानेलगायतले मन्तव्य गरेका थिए ।

वडा अध्यक्ष दुजमान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नानीमैया केसी वलीले गरेका थिए । माघ २५ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ् । व्यत्तिःगत विद्यातर्र्फ सर्वोत्कृष्ट हुने खेलाडीले नगद ८ हजार ट्रफि हात पार्नेछन् ।

त्यस्तै उत्कृष्ट गोल्किपर,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,उत्कष्ट मध्यपंक्ति, उत्कृष्ट प्रशिक्षकलाई क्रमश ः नगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिने वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिएका छन् । उनले बिभिन्न प्रायोजकहरुको सहयोगमा उक्त कार्यक्रम हुन लागेको र भैपरी आउने घटना दुर्घटनालाई मध्यनजर गर्दै खेलाडी र रेफ्रीको बीमा समेत गरिएको बताएका छन् ।

अरनिको मैदानमा संचालित प्रतियोगिताको वडाले स्कोर बोर्ड समेत राखेको र सो स्कोरबोर्ड मैदानमा सधैका लागि राखिदिने बताए । प्रतियोगितामा तुलसीपुर नगरका १६ वडाका टिमको सहभागिता रहेको छ । यसैबिच शनिवार भएको उद्घाटन खेलमा वडा न ६ बिजयी भएको छ । वडा न ४ लाई ५–२ गोलले पराजित गर्दै आयोजक वडा न ६ ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत आइतवार बिहान हुने पहिलो खेलमा वडा न १४ र वडा न १५ भिड्नेछन् । खेल बिहान साढे आठ बजेदेखि सुरु हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्