साहित्यकार मजगैयाँलाई बौद्धिक प्रतिभा पुुरस्कार – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

साहित्यकार मजगैयाँलाई बौद्धिक प्रतिभा पुुरस्कार

    मा प्रकाशित

दाङ, २२ माघ ।

वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँलाई वौद्धिक प्रतिभा पुुरस्कार प्रदान गरिएको छ । सरस्वती पूजा तथा राष्ट्रिय पुुस्तक दिवसका अवसरमा सोमवार घोराहीमा पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङद्वारा सर्वाेदय पुस्तकालय तथा वाचनालयमा स्थापना गरिएको वौद्धिक प्रतिभा पुरस्कार मजगैयाँलाई प्रदान गरिएको हो ।

कार्यक्रममा पुरस्कार वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले मजगैयाँलाई प्रदान गरेका हुन् । शर्माले नगद नौ हजार रुपैयाँसहित कदरपत्रले सम्मानित गरेका हुन् । कार्यक्रममा बोल्ने वक्ताले पूर्वीय संस्कृतिमा अध्ययन संस्कृतिको उच्च परम्परा रहँदै आएको जनाउँदै राष्ट्रिय पुस्तक दिवसले त्यस परम्परालाई बलियो बनाउने आशा व्यक्त गरेका थिए ।

अध्ययन, ज्ञान बिनाको समाज भौतिक विकासले मात्र उन्नत नरहने जनाउँदै वक्ताले पठन संस्कृति विकासमा जोड दिँदै यस पक्षमा सर्वाेदय पुस्तकालयको महत्वपूर्ण योगदान रहेको बताएका थिए । सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् पुुस्तकालयका सल्लाहकार नारायणप्रसाद शर्माले नेपाली समाज पुुस्तकलाई देवतुल्य मान्ने परम्परा भएको उल्लेख गर्दै पठन संस्कृतिको विकासमा सामुुहिक प्रयासको खाँचो रहेको औँल्याएका थिए ।

पुुस्तक पढ्नुको साथै मान्छेले आफूले आफूलाई पढ्न आवश्यक रहेको बताए । पुुस्तकालयका पूर्व अध्यक्ष पुुरुषोत्तम खनालले पुुस्तक प्रेम हरेक व्यक्तिको अनिवार्य चरित्र हुुनु पर्ने भन्दै यस्तो चरित्र विकास गर्नसके मात्र समुुन्नत समाजको निर्माण हुुने बताए । पुुरस्कृत व्यक्तित्व वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले पुुरस्कार प्रदान गरेकोमा हार्दिक धन्यवाद दिँदै पुुरस्कारले आफुूलाई थप उर्जा प्रदान गरेको बताए । उनले शरीर रहँदासम्म आफ्नो सिर्जनाको यात्रा कहिल्यै नरोकिने बताएका थिए ।

कार्यक्रममा पुुस्तकालयका सल्लाहकार शम्भुु गौतम, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, पुुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङका संस्थापक अध्यक्ष देविप्रसाद गुुप्ता, राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुुरेशकुुमार पाण्डेय, अध्ययन मञ्च दाङका संयोजक सुुर्य विसी, सर्वाेदय बाल क्लवका सहसचिव सौम्या आचार्यलगायतले बोलेका थिए ।

पुुस्तकालयका कार्यसमिति सदस्य पद्मप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका अध्यक्ष केशवराज सुवेदीले पुुरस्कार स्थापनाको उद्देश्य र राष्ट्रिय पुुस्तक दिवसको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण पुुस्तकालयका सचिव सुशीला आचार्यले गरेकी थिइन् । कार्यक्रममा पुुस्तकालयका कोषाध्यक्ष नुमानन्द आचार्यले पुुरस्कृत व्यक्तित्व उत्तमकृष्ण मजगैयाँको परिचय बारेमा जानकारी दिएका थिए ।

लामो समयदेखि पुुस्तक लेखन तथा संस्थागत गतिविधिको माध्यमबाट पठन संस्कृतिमा योगदान पुु¥याएका मजगैयाँका एक दर्जन कृति र सयौँ फुुटकर रचना प्रकाशित छन् । कार्यक्रममा साहित्यकार बुुनुु लामिछानेले आफूले लेखेका र अन्य गरि १३ वटा पुुस्तकहरु सर्वाेदय पुुस्तकालयका अध्यक्ष सुुशील गौतमलाई हस्तान्तरण गरेकी थिइन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्