दाङ, २२ माघ ।
नेपाली काङग्रेस प्रदेश सभा दाङ क्षेत्र नं २(२)काे आयाेजनामा वडा स्तरीय अगुवा कार्यकर्ताहरूका लागि एकदिने प्रशिक्षण कार्यक्रम आज घाेराही १० नारायणपुरमा सम्पन्न भएकाे छ ।
सभाका सभापति अभियान बस्नेतकाे सभापतित्व तथा नेपाली काङग्रेस लुम्बिनी प्रदेशका सह- महामन्त्री खगराज पाण्डेकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमकाे प्रशिक्षकहरूमा नेपाली काङ्ग्रेसका युवा नेता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पाेख्रेल र नेपाली काङ्ग्रेस महासमिति सदस्य बिमला याेगी रहनुभएकाे थियोे ।
प्रदेश सभा उपसभापति ज्ञान बहादुर के सी काे स्वागत मन्तब्यबाट सुरू भएकाे उद्घाटन सत्रमा नेपाली काङ्ग्रेस दाङ जिल्ला सचिव बालिका लम्साल, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २का क्षेत्रीय सभापति भिमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि दिपक पाण्डे प्रदेश सभा २”२”का प्रशिक्षण संयाेजक शरद समीप प्रशिक्षण शाखा संयाेजक गाेविन्द न्याैपानेले मन्तव्य व्यक्त गर्नुभएकाे कार्यक्रमकाे सहजीकरण प्रदेश सभा सचिव प्रल्हाद देवकाेटाले गर्नुभएकाे थियाे ।