मा प्रकाशित
दैलेख, २२ माघ ।
दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ । आज मङ्गलबार अपराह्न ५ः२० बजे दैलेखको तोलीजैसीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासका भूभागमा पनि महसुस गरिएको थियो ।