तुलसीपुर । चलचित्र पत्रकार संघ दाङको १६औँ वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा लुम्विनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यता एम् पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख आतिति पूर्वमुख्यमन्त्री चौधरीले स्थानीय कलाकारलाई केन्द्रीय रङ्गमञ्चमा जोड्ने गरी आफ्ना कलम चलाउन आग्रह गरे ।
उनले अन्य क्षेत्रमा आलोचना र कटुता भए पनि फिल्म, गीतसङ्गीत, नृत्यलगायतका रङ्गमञ्चमा आलोचना त्यस्तो नभएको बताए । ‘दाङलाई कलाकार उत्पादन गर्ने क्षेत्रका रूपमा विकास नगर्दासम्म चलचित्र क्षेत्रको विकास हुँदैन, कलाकारिता सबैको साझा सम्पत्ति हो’, उनले भने । यस क्षेत्रलाई कसरी कलाकार उत्पादन गर्ने क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने विषयमा पत्रकारहरूको महत्वपूर्ण
भूमिका रहने उनले बताए ।
चौधरीले दाङमा विभिन्न जातजाति, भेषभूषा र संस्कृति रहेको भन्दै थारू जातिसम्बन्धी चलचित्र निर्माण गरेमा आफूले सहयोग गर्ने बताए । ‘दाङ प्राकृतिकदेखि सबै कुराले भरिपूर्ण छ, जातीय उत्थान भेषभूषा संरक्षणसम्बन्धी चलचित्र निर्माण गर्न सकिन्छ’, उनले भने । सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले लुम्बिनी प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय निवर्तमान अध्यक्ष बिपुल पोख्रेलले चलचित्र मनोरञ्जनको साधन मात्रै नभएर समाजको ऐना भएको बताए । चलचित्रले समाजका यथार्थ घटना पर्दामा उतारेर दर्शकसम्म पु¥याउने काम गर्ने भन्दै पोख्रेलले चलचित्रको पर्यटकीय तथा सांस्कृतिक विकासमा समेत महत्वपूर्ण भूमिका रहने बताए । ‘व्यावसायिक पत्रकारिताको सुन्दर पक्ष भनेको विधागत पत्रकारिता हो, त्यो दाङमा पनि भएको छ’, पोख्रलले भने । पोख्रलले चलचित्र पत्रकार संघले जिल्लामा विभिन्न रङ्गमञ्चलाई चलायमान गराएको भन्दै पत्रकारहरूको दक्षता वृद्धिका लागि तालिम सञ्चालन गर्नुपर्ने बताए ।
उनले चलचित्रको महत्व रमाइलो मात्र नभई इतिहाससँग जोडिएको भन्दै चलचित्रको महत्वलाई बुझाउनुपर्ने बताए । पोख्रेलले दाङ एसियाकै सम्भावना भएको भूगोल र महत्वपूर्ण क्षेत्र भएकाले यसलाई चलचित्र नगरीको रूपमा विकास गर्न राज्यले लगानी गर्नुपर्ने बताए । उनले चलचित्रमा लगाउने लगानी अनुउत्पादन क्षेत्रमा लगाएको भन्ने राज्यको दृष्टिकोणलाई बदल्नुपर्ने बताए ।
‘कला क्षेत्र, साहित्य क्षेत्र राष्ट्रिय गौरवका क्षेत्र हुन्, यसलाई राज्यले पनि प्रवर्धन गर्नुपर्छ’,पोख्रेलले भने, ‘यसलाई सामाजिक बहसका रूपमा चलाउनु पर्छ र राज्यले पनि गलत नियतले हेर्नु हुँदैन’, पोख्रेलले भने । चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपानेले ठुलो लगानीमा निर्माण भइरहेका र निर्माण हुने क्रममा रहेका चलचित्रमाथि सनकका भरमा लगाइने प्रवृत्तिले आशाभन्दा निराश जगाउने काम गरेको भन्दै सरकारको ध्यानकर्षण गराएका थिए ।
कार्यक्रममा चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लीला शाह, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, रिपोट्र्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष सुधासूमन ढकाल, प्रेस सेन्टर दाङका सचिव दीपक बोहरा, जनपत्रकार संगठनका अध्यक्ष हेमन्तप्रकाश वली, रासस दाङका प्रमुख नारायणी आचार्य, फोनिज दाङका अध्यक्ष दीप्तिशिखा चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य बिमल गौतम, पत्रकार चेतन रेग्मीलगायतले बोलेका थिए ।
यसैबिच संघको १६औँ वार्षिक साधारणसभामा विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कला, साहित्य एवम् पत्रकारिता क्षेत्रमा क्रियाशील रही मोफसलको चलचित्र पत्रकारितालाई संरक्षण, संवर्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार बालाराम खडका, ओपेन्द्र बस्नेत, गोपाल शर्मा भट्टराई, लीला शाह, अमर क्षितिज भण्डारीलाई सम्मान गरिएको थियो ।
यसैगरी पत्रकारहरू ध्रुवराज न्यौपाने, देवेन्द्र बस्नेत, एकराज भण्डारी, जयन्ती चौधरी, पूर्ण केसी र झग्गु भण्डारीलाई पुरस्कृत गरिएको थियो । दाङ शाखा उपाध्यक्ष पूर्णकेसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्याल गैरेले गरेकी थिइन् ।