प्रचण्डको आरोप ज्ञानेन्द्र शाहलाई : भाइमारा र मुर्ति चोर – Kanika Khabar
Sunday, April 27Nepali News Portal

प्रचण्डको आरोप ज्ञानेन्द्र शाहलाई : भाइमारा र मुर्ति चोर

    मा प्रकाशित

सिन्धुपाल्चोक, १ चैत्र ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छुद्र शब्दमा गाली गर्दै गम्भीर आरोपहरू लगाएका छन्। तर पूर्वप्रधानमन्त्री रहेका प्रचण्डले उनलाई निकै तल्लोस्तरमा झरेर गाली गरेका छन्। उनले पूर्वराजालाई लक्षित गरेर २०५८ सालमा भएको ‘दरबार हत्याकाण्डको मास्टरमाइन्ड’ र ‘मूर्ति चोर’ भएको गम्भीर आरोप लगाएका छन्।

शुक्रबार सिन्धुपाल्चोकमा माओवादी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई ‘भाइमारा, मूर्ती चोर अनि सुन तस्कर र वंश बिनाश’ गर्ने को हो? भनेर प्रश्न गरेका हुन्।

केही हजार मान्छे सडकमा उतार्दैमा इतिहास उल्टाउन सम्भव नभएको भन्दै प्रचण्डले ज्ञानेन्द्रलाई भने ‘इँटको जवाफ पत्थरले दिन तयार छौं।’

उनले ज्ञानेन्द्रलाई उनका आसेपासेहरूले उचालेको भन्दै त्यसमै मख्ख नपर्न पनि चेतावनी दिए। उनले त्यसको जवाफ आफूहरूले चैत १५ गतेको प्रदर्शनबाट दिने पनि बताए।

‘एक दुई ठाउँमा विदेशीको फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको हो भने होसियार१’ प्रचण्डले भने ‘मूर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजारु भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ने ठानेको ?’

‘जुन नौटङ्कीहरू देखाइँदै छ । राजा महाराजको बारेमा, २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हो  ? नेपालका ठुलठुला मूर्ति चोरहरु अहिले राजा ! भाइमारा को हो ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ? मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’ प्रचण्डले बताए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्