काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त – Kanika Khabar
Sunday, April 27Nepali News Portal

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

    मा प्रकाशित

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति पदमा प्रा.डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले सोमबार विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका हुन् ।

विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीनजनामध्येबाट डा. वाग्लेलाई नियुक्त गरिएको हो ।

उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । सो विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्