एसइई २०८१ : ७५ हजारले दिंदै छन् पुनः परीक्षा – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

एसइई २०८१ : ७५ हजारले दिंदै छन् पुनः परीक्षा

    मा प्रकाशित

काठमाडौँ, ६ चैत्र ।
भोलि बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन थालेको छ । गत वर्षबाट राष्ट्रिय परीक्षा बोर्डले न्यूनतम ३५ प्रतिशत भन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागु गरेको थियो।

लेटर ग्रेडिङ भनिने उक्त प्रणाली लागु भएपछि त्यसअघिका वर्षहरूमा जस्तो परीक्षा दिएका सबैले प्रमाणपत्र पाउने प्रचलन अन्त्य भएको थियो। २०७८ सालमै बनेको नयाँ निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्दा करिब ९० हजार विद्यार्थीहरू गत वर्ष अनुत्तीर्ण भएका थिए।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले त्यसमध्ये करिब ७५ हजारले यो पटक पुनः एसइई दिन आवेदन दिएको जानकारी दिए। यसअघिको परीक्षामा उत्तीर्ण हुन आवश्यक ग्रेड नल्याएका विद्यार्थी पनि थपिएका कारण यो पटक एसइई दिने विद्यार्थीहरूको सङ्ख्या अघिल्लो वर्षभन्दा बढी देखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्