एसइईका विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना सन्देश – Kanika Khabar
Sunday, April 27Nepali News Portal

एसइईका विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना सन्देश

    मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई एक भिडियो सन्देशमार्फत शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले एसईईलाई केही अघिसम्म फलामे ढोकाको रूपमा लिने गरिएको भए पनि अहिले अवस्था परिवर्तन भएको बताए ।

अघिल्लो वर्ष नतिजा सन्तोषजनक नआएकाले यस वर्ष विद्यार्थीबाट राम्रो नतिजाको अपेक्षा गरेको उनले बताए । उनले अनिँदो र थकित रूपमा परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिन पनि विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

जीवनका हरेक मोडमा परीक्षा दिनुपर्ने भएकाले नडराई र नहडबडाई परीक्षा दिन प्रधानमन्त्रीले एसईईका विद्यार्थीहरूलाई आग्रह गरे ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्