काङ्ग्रेसले आज कोईरालाको स्मृति दिवस मनाउने – Kanika Khabar
Sunday, April 27Nepali News Portal

काङ्ग्रेसले आज कोईरालाको स्मृति दिवस मनाउने

    मा प्रकाशित

घोराही।नेपाली कांग्रेसका पूर्व सभापति एवं शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको स्मृति दिवस दाङमा मनाईे भएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा चैत ७ गते स्मृति दिवस मनाइने भएको हो । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को बुधवार घोराहीमा बसेको क्षत्रीय बैठकले स्मृति दिवस मनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसका पूर्व सभापति एवं नेपाली ईतिहासका शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको १५ औँ स्मृति दिवस विहीवार मनाउने निर्णय गरेको हो ।

साथै बैठकले विहान ११ बजेदेखी पार्टी कार्यालय घोराहीमा हुने कार्यक्रममा उपस्थितिकालागि सम्पूर्णमा अनुरोध गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेसका क्रियाशील सदस्य जुद्धबहादुर डाँगी र केदारराज श्रेष्ठको हालै भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्