दाङ, ७ चैत ।
राप्ती साहित्य परिषद् दाङ शाखाले वार्षिक साधारणसभाका अवसरमा स्रष्टा सम्मान एवम पुरस्कृत गर्ने भएको छ ।
परिषदको बार्षिक साधारणसभाका अवसरमा चैतको १६ गते घोराहमा कार्यक्रमको आयोजना गरि स्रष्टा सम्मान एवं पुरस्कृत र बहुभाषिक काव्य सम्मेलन गर्ने भएको हो । पुरस्कार छनौट समितिले गरेको निर्णय अनुसार मनोज वुढाथोकिद्धारा स्थापित “यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार“बाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, लालबहादुर आर.सीलगायत रावत परिवारद्धारा स्थापित “वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार“बाट गायक प्रकाश रेग्मी र कृष्णप्रसाद अधिकारी (कृष्ण–गायत्री प्रतिष्ठान)द्धारा स्थापित “कृष्ण गायत्री प्रज्ञा पुरस्कार“बाट कवि एवम् समालोचक, अनुसन्धान कर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत गर्ने भएको छ ।
त्यसअवसरमा काव्य उत्सव समेत गरिने भएको राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष यम रेग्मीले जानकारी दिएका छन् । प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा ‘समीर’ संयोजक तथा सदस्यमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा, वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिवमा परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी रहेका थिए ।
त्यसैगरी परिषदको बैठकले तीनजना अग्रज स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेको छ । सम्मानित हुनेहरूमा साहित्यकार एवम समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा ‘समीर’ रहेका छन् । कार्यक्रम चैत १६ गते घोराहीस्थीत होटेल मालाइन हुने भएको छ । यसअघि चैत २३ गते कार्यक्रम गर्ने तय भएपनि विशेष कारणबस कार्यक्रम अघि सार्नु परेको परिषदका जिल्ला अध्यक्ष रेग्मीले जानकारी दिएका छन् ।