मा प्रकाशित
जनकपुरधाम, ७ चैत ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै जनकपुरमा प्रश्नपत्र आउट भएकाे छ । आज पहिलो दिन परीक्षा सुरू भएकाे एक घण्टा नबित्दै अङ्ग्रेजी विषयको प्रश्न पत्र आउट भएको हाे।
प्रश्नपत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन । प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।
परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ । यद्यपि प्रश्नपत्र आउट भएको छ ।