क्रान्तिमा लागि तयार हुन रविको आह्वान – Kanika Khabar
Sunday, April 27Nepali News Portal

क्रान्तिमा लागि तयार हुन रविको आह्वान

    मा प्रकाशित


काठमाडौँ, ८ चैत्र ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन आह्वान गरेका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सरकार नाङ्गिएको दाबी गर्दै उनले सरकारको लाज छोपिदिन मात्र विभिन्न जिल्लाका अदालत पुगिरहेको बताए । उनले भने, ‘समय आउँदैछ, म सबैलाई भन्न चाहान्छु गेट रेडी फर द रेभुलेसन ।’

बोल्न समय नजिक आउँदै गरेको बताए । उनले भने, ‘अहिले मैले बोलेँ भने दुईतिहाईको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको होला। जब बोल्ने समय आउँछ तब केहीको बोल्ती चैं बन्द हुने अवस्था आउँछ । म आवेग र उत्तेजनामा छैन ।’

मुलुक एउटा गम्भीर अवस्थामा आएको बताउँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले एउटा जिम्मेवार र नेपाली जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताको हैसियतले समय आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्