विद्युत पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट – Kanika Khabar
Sunday, April 27Nepali News Portal

विद्युत पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट

    मा प्रकाशित

दाङ,१५ चैत ।

दाङमा एक महिलालाई रुखमा बाँधेर निर्घात कुटपिट भएको छ । घोराही उपमहानगरपालिका–१० निवासी ती महिलालाई घरमा चोरी गर्न गएको आरोपमा घोराही उपमहानगरपालिका–११ चाघँुमा विद्युतको पोलमा बाधेर कुटपिट भएको हो ।

घोराही उपमहानगरपालिका–११ चाँघु निवासी गोपाल चौधरीको परिवारलगायत स्थानीयले कुटपिट गरेको पीडित परिवारको जनाएको छ । कुटपिटका कारण महिलालाई शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । कुटपिटमा परेकी महिलाले घोराही उपमहानगरपालिका–१० मा रहेको एक कृषि फर्ममा काम गर्दै आएकी थिइन् । उनलाई विद्युतको पोलमा बाँधेर निर्ममता पूर्वक कुटपीट गरेको भिडियो समेत सार्वजनिक भएको छ । बाँधिएकी उनलाई महिलाहरुको समूहले शरिरका विभिन्न भागमा हानेको भिडियोमा देखिन्छ ।

कृषि फर्मको काममा घोराही उपमहानगरपालिका–११ चाँघुमा गएको समयमा स्थानीय गोपाल चौधरीले घरमा बोलाएको र जाँदा चोरको आरोपमा आफुमाथि कुटपिट भएको पीडित महिलाले बताएकी छिन । विद्युतको पोलमा बाधेर कुटपिट गरिएको यो घटना चैत १० गते इलाका प्रहरी कार्यालय नारायणपुरमा छलफल पश्चात ७० हजार रुपैयाँ उपचार खर्च दिएर मिलापत्र गरिएको पाइएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ११ का जनप्रतिनिधि, स्थानीय अगुवा नेतालगायतको उपस्थीतिमा महिलालाई पैसा दिएर कुटपिटको घट्नामा मिलापत्र गराइएको पीडित परिवारले बताएको छ । चैत ९ गते साँझ विद्युतको पोलमा बाधेर भएको कुटपिट सामाजिक फेसबुकमार्फत घट्ना बाहिरिएको थियो । घट्ना बाहिरिएपछि महिला अधिकारकर्मीको सहयोगमा कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा जारी दिएका छन् । कुटपिट गर्ने घोराही उपमहानगरपालिका–११ चाँघु निवासी गोपाल चौधरी, उनकी श्रीमति, दिदी र भाउजुलगायतले कुटपिट गरेको भन्दै पीडित परिवारले विहीवार जिल्ला प्रहरी कार्यालयमा जारी दिनका साथै घट्ना मिलापत्र गर्दा दिएको रकम फिर्ता गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले घट्ना बारे बुझ्ने काम भइरहेको बताएका छन् । ‘महिलामाथि कुटपिटभन्दा पनि गाउँघरमा सामान्य झैझगडा भएको भन्ने कुरा आएको छ’, जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक शाहले भने,‘उक्त घट्नाका बारेमा दुवै पक्षलाई बोलाएर बुझ्ने काम प्रहरीले गरिरहेको छ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्