राजावादीहरुले तीनकुनेमा र समाजवादी मोर्चाले भृकुटी मण्डपमा प्रदर्शन गर्दै, सुरक्षा व्यवस्थापन कडा – Kanika Khabar
Sunday, April 27Nepali News Portal

राजावादीहरुले तीनकुनेमा र समाजवादी मोर्चाले भृकुटी मण्डपमा प्रदर्शन गर्दै, सुरक्षा व्यवस्थापन कडा

    मा प्रकाशित

काठमाडौँ, १५ चैत्र ।
राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो ।

राजावादीहरूलाई ‘काउन्टर’ दिनका लागि आज गणतन्त्रवादी राजनीतिक दलहरूले पनि प्रदर्शन गर्दैछन्। आजै राजसंस्था माग गर्दै आन्दोलन गर्दै आएका विभिन्न मोर्चाहरूले पनि काठमाडौंमै प्रदर्शन गर्न लागेका छन्।

दुबैथरि प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई मजबुत बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ। दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन्।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्