अन्तरक्रिया कार्यक्रम सम्पन्न – Kanika Khabar
Sunday, April 27Nepali News Portal

अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मा प्रकाशित


दाङ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङले देउखुरी क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न शैक्षिक संस्थामा कार्यरत रहेका र लामो समयसम्म शिक्षाको क्षेत्रमा योगदान पु¥याउनु भएका शैक्षिक व्यक्तित्वहरुबीच दाङ जिल्लामा उच्च शिक्षा अध्ययनको अवसर विषयक अन्तरक्रिया कार्यक्रम जखेरा तालमा सम्पन्न भएको छ ।

कार्यक्रमका सभाध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले दाङ जिल्लाका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि अन्य जिल्ला जानु पर्ने समस्या हटाउनको लागि हामी सबैको सहकार्य, समन्यवमा हटाउन सकिने बताउनु भएको थियो । दाङ जिल्लामा उच्च शिक्षाको लागि विभिन्न शैक्षिक संस्थाहरु स्थापना भए पनि विद्यार्थीहरुको संख्या घट्दै जानुमा हामी सबै जिम्मेवार रहेकोले यसको समाधानको लागि राप्ती इञ्जिनियरिङ कलेजले के कस्ता सहयोग तथा सहकार्य गर्नु पर्ने हुन्छ उक्त कार्यको लागि तयार रहेको बताउनुभएको थियो । डा. गिरीले दक्ष जनशक्तिको पहिचान गरी देशलाई आवश्यक पर्ने विभिन्न किसिमका उद्योग, संघसंस्था तथा अन्य निकाय मार्फत स्थानिय स्तरमा रहेका विभिन्न किसिमका स्रोत साधनको परिचानलसँगै रोजगारीको सिर्जना गरी स्थानिय स्तरमा प्रयोगम ाव्यापक बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका परीक्षा समिति सदस्य निमबहादुर डिसीले डिसीले स्थानीयदेखि केन्द्रसम्मका सरकारी तथा गैरसरकारी निकायहरुको समन्वयतथा साझेदारीमा आत्मनिर्भर गर्न सक्ने किसिमको शिक्षाको सृर्जना गर्न सके मात्र स्थानीय स्तरका विद्यार्थीहरुलाई रोक्न सकिने बताउनु भएको थियो । दाङ जिल्लामा उच्च शिक्षाको प्रबल सम्भावना रहेकोले सबैको सहयोग र सहकार्यमा नीति निर्माण रोजगारीमूलक शिक्षा प्रदान गरीे अभिभावक र विद्यार्थीहरुको मन जित्नु पर्ने बताउनु भएको थियो । दाङमा निजी विद्यालयको स्थापना भएपछि बढ्दै गएको शैक्षिक गुणस्तर बढेको बताउनु भयो । डिसीले दाङ जिल्लामा रहेका आर्थिक अवस्था कमजोर विद्यार्थीहरुलाई राप्ती इञ्जिनियरिङ कलेजले विगत १७ वर्षदेखि शिक्षा प्रदान गरेको कलेजको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका उप—प्राध्यापक भेषराज पोख्रेल, रोजी बड्स बालबाटिका प्राचार्य बसन्त न्यौपाने, ज्योतिष्मति विद्यापीठका प्राचार्य नारायण भुषाल, शुभतारा बोर्डिङ स्कुलका प्रचार्य विकास रजौरे, बुद्ध ज्योतिका प्राचार्य थानेश्वर न्यौपाने, गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजाललगायतले बोल्नुभएको थियो ।
राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका प्रशसकीय अधिकृत धनेश्वर चौधरीले गर्नुभएको थियो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्