स्याङजामा उच्च अधिकारीसहित १८ जना प्रहरीहरुलाई कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

स्याङजामा उच्च अधिकारीसहित १८ जना प्रहरीहरुलाई कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १३, स्याङ्जा ।
स्याङजामा प्रहरी उच्च अधिकारीसहित १८ जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परिक्षण गर्न पठाइएका १ सय २ मध्ये १८ जना प्रहरीलाई कोरोना संक्रमण भएको हो ।
जिल्ला प्रहरी प्रमुख सहित १८ प्रहरीलाई कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । स्याङजा पुतलीबजारका १७ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पिसिआर परिक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि, अन्य प्रहरीको पनि स्वाब परीक्षण गरिएको हो । जिल्लामा सङ्क्रमितको संख्या आकस्मिक बढेसँगै जिल्ला प्रशासन कार्यालय र पुतलीबजार नगरपालिकाले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका नियमहरु पालना गर्दै सजग रहन आग्रह गरेकाछन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ सय २३ पुगेको छ भने १ सय ८३ जना कोरोनामुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्