इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको जित – Kanika Khabar
Sunday, April 27Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको जित

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई ३₋२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्सनलले ५६ अंक जोडेर आठौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । वाट्फोर्ड भने ३४ अंक जोडेर रेलिगेसनमा परेको छ । यस्तै टोटेनहमले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १₋१ गोलको बराबरी खेलेको छ । टोटेनहमका ह्यारी केनले एक गोल गर्नुभयो । क्रिस्टलका जेफ्रीले एक गोल फर्काउनुभएको थियो । बराबरीसँगै टोटेनहमले छैटौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । टोटेनहमले ५९ अंक जोड्यो । क्रिस्टल ४३ अंक जोडेर १४ औं स्थानमा रह्यो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्