सुर्ती तथा मदिराजन्य पदार्थको अन्तशूल्क दाङ उद्योग वाणिज्य संघमा पनि बुझाउन सकिने – Kanika Khabar
Friday, December 5Nepali News Portal

सुर्ती तथा मदिराजन्य पदार्थको अन्तशूल्क दाङ उद्योग वाणिज्य संघमा पनि बुझाउन सकिने

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
तुलसीपुरस्थित कर कार्यालयमा बुझाईँदै आएको सुर्ती तथा मदिराजन्य पदार्थको अन्तशूल्क दाङ उद्योग वाणिज्य संघमा पनि बुझाउन सकिने भएको छ । घोराही क्षेत्रका व्यवसायीहरुले उद्योग वाणिज्य संघमा अन्तशूल्क बुझाए उद्योग वाणिज्य संघले नै बैंक खाता मार्फत राजश्व बुझाईदिने छ ।
यसअघि सुर्ति तथा मदिरा जन्य पदार्थको अन्तशूल्क बुझाउन तुलसीपुरस्थित कर कार्यालय सम्म पुग्नै पथ्र्यो । ‘यसअघि सुर्ति तथा मदिराजन्य पदार्थको अन्तशूल्क तुलसीपुर स्थित कर कार्यालयमा बुझाउनु पथ्र्यो,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टंकसिंह बुढाथोकीले भने ‘तर हाम्रो पहलमा घोराही क्षेत्रका व्यवसायीहरुलाई दाङ उद्योग वाणिज्य संघमै अन्तशूल्क बुझाउने व्यवस्था मिलाएका छौँ ।’ यसअघि तुलसीपुरसम्म अन्तशूल्क रकम बुझाउन जाँदा व्यवसायीहरुलाई झन्झटिलो हुँदै आएकोमा दाङ उद्योग वाणिज्य संघको पहलले व्यवसायीहरुलाई धेरै सहज भएको बुढाथोकीले वताए । ‘व्यवसायिहरुलाई अन्तशूल्क बुझाउन कर कार्यालयमा पुग्नु पर्दा झन्झटिलो थियो,’ उनले भने ‘तर उद्योग वाणिज्य संघले गरेको यो पहलका कारण व्यवसायीहरुलाई धेरै सहज भएको छ ।’ सुर्ति तथा मदिराजन्य पदार्थको अन्तशूल्क साउन अन्तिमसम्म बुझाई सक्नुपर्छ । यसरी व्यवसायीहरुले बुझाउने अन्तशूल्क वापतको रकम सरकारले तोकेका सरकारी बैंक मार्फत खाता खोलेर राजश्व जम्मा गरिनेछ । ‘अन्तशूल्क वापतको राजश्व जम्मा गर्नका लागि सरकारले केही सरकारी बैंकहरुलाई अधिकार दिएको छ,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष बुढाथोकीले भने ‘उद्योग वाणिज्य संघमा व्यवसायीहरुले बुझाउने अन्तशूल्क वापतको रकम ती बैंकहरुमा खाता खोलेरै जम्मा गर्ने छौँ ।’ उनले घोराही क्षेत्रका सबै सुर्ती तथा मदिराजन्य पदार्थका व्यवसायीहरुलाई अन्तशूल्क बुझाउनका लागि उद्योग वाणिज्य संघमा आउन आह्वान समेत गरेका छन् ।
दाङ उद्योग वाणिज्य संघमा झण्डै एक हजार मदिरा तथा सुर्तिजन्य पदार्थका व्यवसायीहरु आवद्ध छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्