घोराहीलाई गोल्ड कपको उपाधि – Kanika Khabar
Sunday, April 27Nepali News Portal

घोराहीलाई गोल्ड कपको उपाधि

    मा प्रकाशित

घोराही, २७ चैत ।

दोस्रो संस्करणको घोराही गोल्ड कप–२०८१ को उपाधि आयोजक घोराहीले जितेको छ । घोराही उपमहानगरपालिका– १८ नवलपुर फुटबल मैदानमा बुधवार भएको प्रतियोगिताको फाइनल खेलमा राप्ती गाउँपालिकाको टिमलाई टाईब्रेकरमा हराउँदै लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

निर्धारित समयको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा घोराहीले राप्तीलाई ३–१ गोलले हरायो । दोस्रो हाफको ४४ मिनेटमा राप्तीका अमित चौधरीले गोल गर्दै अग्रता दिलाए पनि अतिरिक्त समयमा राप्तीका खेलाडीले पेनाल्टी एरियामा फाउल गरेपछि घोराहीले पेनाल्टीमार्फत गोल गर्दै १–१ को बराबरी गरेको थियो ।

उपाधि विजेता घोराहीले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भएको राप्तीको टिमले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
बिजेता खेलाडी घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले पुरस्कार प्रदान गरेकी थिइन । घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजनामा चैत २३ गतेबाट भएको प्रतियोगितामा जिल्लाका आठ वटा गाउँपालिकाको फुटबल टिमको सहभागीता रहेको थियो ।

घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनका अनुसार प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विधागत रुपमा समेत पुरस्कृत गरिएको थियो । प्रतियोगितामा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाको फुटबल टिमको सहभागीता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्