चैतुको निधनबाट काङ्ग्रेसले अभिभावक गुमाएको छ : दाङ काङ्ग्रेस – Kanika Khabar
Sunday, April 27Nepali News Portal

चैतुको निधनबाट काङ्ग्रेसले अभिभावक गुमाएको छ : दाङ काङ्ग्रेस

    मा प्रकाशित


दाङ, २ वैशाख ।
नेपाली काङग्रेसका नेता तीर्थराज ज्ञवाली ‘चैतु’ को निधन भएको छ । प्रजातान्त्र स्थापनाका लागि भएको प्रजातान्त्रिक आन्दोलनका कमान्डर चैतुको आज मङ्गलबार बिहान उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

चैतु लामो समयदेखि रगत सङक्रमण सम्बन्धी रोगबाट ग्रसित रहेका थिए । उपचारकै क्रममा आज बिहान ९:४५ बजेतिर चैतुको निधन भएको उनका भाइ तथा नेपाली काङ्ग्रेस दाङका पूर्व जिल्ला सचिव ध्रुव ज्ञवालीले जानकारी दिए ।

नेता चैतुको निधनले नेपाली काङ्ग्रेस दाङले एक असल अभिभावक गुमाएको जनाएको छ । आज एक शोक वक्तव्य जारी गरी चैतुको निधनले एक राजनीतिक नेतृत्व तथा अभिभावक गुमाएको बताएको छ । पार्टी सभापति शंकर डाँगी र सचिव अर्जुन योगीले शोक वक्तव्य जारी गर्दै नेता चैतुको निधनले नेपाली काङ्ग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

यस्तै क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे र सचिव हरिहर शर्मा, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का र सचिव आरके शीतल, क्षेत्र नम्बर ३ का सभापति जगत खड्का सचिव पूर्ण केसी, १ (१) का सभापति श्रीपत चौधरी र सचिव माधु सापकोटा १ (२) का सभापति दिनेश गिरी र सचिव लालबिर खड्का, नेपाली काङ्ग्रेस प्रदेश २(१) का सभापति प्रकाश श्रेष्ठ र सचिव शिशिर अधिकारी, प्रदेश २(२) का सभापति अभियान बस्नेत र सचिव तिलक केसी, ३ (१ ) का सभापति देबेन्द्र रिजाल र सचिव तेजबहादुर डाँगी, ३(२) का सभापति खिम बहादुर वली र सचिव भद्र खड्काले छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्