थप ३ सय ११ जना नयाँ सङ्क्रमित – Kanika Khabar
Sunday, April 20Nepali News Portal

थप ३ सय ११ जना नयाँ सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन १३, काठमाडौँ ।
पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । देशभर पछिल्लो २४ घन्टामा ३ सय ११ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ । यस्तै, ५ हजार १ सय ३९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्