नेपाली सिरियल ‘टुहुरी नातिनी’ – Kanika Khabar
Saturday, May 17Nepali News Portal

नेपाली सिरियल ‘टुहुरी नातिनी’

    मा प्रकाशित

काठमाडौं । केही समय यता नेपाली बजारमा धेरै किसिमका सिरियलहरु बनेका छन्। यसभन्दा अघि देखिएको र देखाइएको कथा वस्तुहरूभन्दा फरक तर समाजको एउटा वर्गले भोगिरहेको शोषण नयाँ सिरियल टुहुरी नातिनीमा देखाउन खोजिएको छ ।

यस सिरियलका निर्माता हुन् सुरेन्द्र खड्का । उनले नेपालमा भविष्य सुरक्षित बनाउन कल कारखाना सञ्चालन गरे, नाम चिनीएका ठुला निर्देशकहरूसँग सहकार्य गरे, चलचित्रमा समेत अभिनय गरेर छुट्टै आफ्नै पहिचान सहित नयाँ सिरियल लिएर आएका छन् ।

टुहुरी नातिनी सिरियलको कथा वस्तु नबिन श्रेष्ठले तयार पारेका हुन् । धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका उनले लेखन, निर्देशन, छायांकन सम्पादन समेत गर्छन् ।
कथाले मागेका र कथालाई न्याए पुर्याउन सक्ने कलाकार जुरेको र छायांकन स्थल पनि उत्तम भएको निर्माताको भनाइ छ ।

यस सिरियलमा कलाकार प्रमिला परियार, रश्मी भट्ट, भगवान भण्डारी, सुरेन्द्र खड्का, बिना खड्का, बिनोद श्रेष्ठ, प्रकाश श्रेष्ठ, रोशन बस्नेत,रामजी अधिकारी, देवी खत्री, शृष्टि जोसी, सन्तोष खतिवडा, बिनु रोकाय लगायतका कलाकारहरु भुमिकारहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्