शनिबार चाैथाे दाङ गजल महफिल – Kanika Khabar
Saturday, May 17Nepali News Portal

शनिबार चाैथाे दाङ गजल महफिल

    मा प्रकाशित

लिलाधर वली
दाङ, ४ वैशाख ।
दाङकाे घोराहीमा चौथो दाङ गजल महफिल हुने भएको छ । गजल साहित्यको प्रवर्धन र गजल विधामा क्रियाशील स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले दाङमा चौथो दाङ गजल महफिल–२०८२ हुने थालेकाे हो ।

गजल अभियान दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभाहल, घोराहीमा वैशाख ६ गते महफिल कार्यक्रम हुने तय भएको गजल अभियान दाङका संयोजक प्रबल विष्टले जानकारी दिएका छन् । संयोजक विष्टका अनुसार महफिलमा गजल गायक सन्तोष रजौरेले गजल गायन गर्नेछन् भने गजल वाचनमा सुनिल पुन बिरेही, अभि क्षेत्री ‘समर्पण’ र निर्मला शर्मा रहेका छन् ।

गजल अभियान दाङले जिल्लामा नियमित रूपमा गजल महफिल गर्दै आएको र सोही अनुसार यही वर्ष पनि कार्यक्रम गर्न थालेको हो ।

त्यसैगरी कार्यक्रममा गजल गायन र गजल वाचनका साथै पुरस्कार तथा सम्मान कार्यक्रम पनि गरिने छ।कार्यक्रममा गजलकार रामगोपाल यादव, यादवनाथ योगी र शशी शर्मा मजगैँयालाई सम्मान गर्ने गरिने भएको छ ।

गजल अभियान दाङका संयोजक विष्टले महफिलमा सहभागिताका लागि गजलप्रेमीहरूलाई अनुरोध गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्