पार्टी सभापतिसँग छलफल गरेर राजीनामा दिएकी हुँ : सुमना – Kanika Khabar
Saturday, May 17Nepali News Portal

पार्टी सभापतिसँग छलफल गरेर राजीनामा दिएकी हुँ : सुमना

    मा प्रकाशित

काठमाडौँ, ४ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन्।

बिहीबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले पार्टीबाट राजीनामा दिएको नभई सहमहामन्त्री पदबाट मात्र राजीनामा दिएको बताइन्।

उनले दुई हप्ता अगाडि नै राजीनामा दिएको समेत बताइन्। एक व्यक्ति दुई पदमा रहँदा काम गर्न गाह्रो हुने भन्दै पार्टी नेतृत्वसँगको छलफलपछि आफूले राजीनामा दिएको उनको भनाइ थियो।

श्रेष्ठको राजीनामाबारे आवश्यक छलफल गरेर प्रक्रियागत रूपमा बढाइने कार्यवाहक सभापति डोल प्रसाद अर्यालले बैठकमा जानकारी गराएका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्