रसुवागढीमा राजश्व संकलन लक्ष्यभन्दा कम – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रसुवागढीमा राजश्व संकलन लक्ष्यभन्दा कम

    मा प्रकाशित

कनिका खबर

साउन १३, नुवाकोट  ।

नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी भन्सार कार्यालयमा यस वर्ष लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा कमी आएको छ । कोरोना भाइरस र पहिराका कारण राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको हो । काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा कुल आठ अर्व २७ लाख रुपैया राजश्व संकलन गरेको छ ।  प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले नौ अर्व ३५ करोड राजश्व संकलन लक्ष्य रहेकोमा लक्ष्यभन्दा १५ प्रतिशत कम राजश्व संकलन भएको हो ।

लक्ष्यलाई नाघेर अगाडि वढ्ने योजना चलिरहेका वेला त्रिशूली–रसुवागढी सडकमार्गमा पटक÷पटक गएको पहिरो र नोवेल कोरोनाका कारण राजश्व संकलनले लक्ष्य पुग्न नसकेको खड्काले वताउनुभयो । उहाँका अनुसार गत चैत्र, वैशाख र जेठमा शुन्य राजश्व संकलन भएको थियो । कोरोनाका कारण सो समस्या आएको भन्सार प्रमुख खड्काले बताए । कोरोनाको महामारी वढेपछि रसुवागढी नाका गत २०७६ माघ १५ गतेदेखि वन्द रहेको थियो ।  असारको दोश्रो सातामात्र नाका एकतर्फि सन्चालन भएको हो । असारमा एक करोड ७६ लाख र फागुनमा एक करोड राजश्व संकलन भएको खड्काले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्