जडिबुटी उद्यानका लागि प्रस्तावना स्वीकृत – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

जडिबुटी उद्यानका लागि प्रस्तावना स्वीकृत

    मा प्रकाशित

कनिका खबर
तुलसीपुर, १३ साउन ।
नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण गर्ने भनिएको जडिबुटी उद्यानका लागि प्रस्तावना स्वीकृत भएको छ । विश्वविद्यालय अनुदान आयोगले प्रस्तावना स्वीकृत गरेसँगै नेपाल संस्कृत विश्वविद्यालयमा जडिबुटी उद्यान निर्माणको प्रक्रिया अघि बढेको छ ।

विद्यार्थीहरुको सिकाई सीप बढाउनका लागि जडिबुटी उद्यान निर्माण गर्ने भएको छ । संस्कृत विश्वविद्यालयअन्र्तगत रहेको आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद उत्तरमध्यमा तह९एएचए० र आयुर्वेद स्नातक तह ९बिए एमएस० अध्ययरत विद्यार्थीहरुका लागि विश्वविद्यालयकै जग्गामा जडिबुटी उद्यान निर्माण गर्न थालेको हो ।

१८ बिगाहा क्षेत्रफलमा निर्माण गरिने उद्यानमा पाठ्यक्रममा नै रहेका पाँच सय जडिबुटीमध्ये हिमाली क्षेत्रमा पाइनेबाहेक सम्पूर्ण जडिबुटीहरु पाइने व्यवस्था गर्न थालिएको हो । उद्यानभित्र रोपिएका सम्पूर्ण बिरुवाकाहरुको नाम नेपाली, संस्कृत, अङ्ग्रेजीमा राखिने छ भने बिरुवाको उपभोग्य बोक्रा, फल, पात, र कुन रोगका लागि कसरी प्रयोग गरिने भन्ने बारेमा विस्तृत सूचना पाटीको समेत व्यवस्था गरिने बताइएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुुसार विश्वविद्यालय अनुुदान आयोगबाट पाँच करोडको प्रस्तावना स्वीकृत भएकाले तत्कालै काम अघि बढाइने भएको छ । उद्यानभित्र जमिनमा पाइने, पानीमा पाइने जडिबुटी, लहरा प्रजातिका जडिबुटी, पार्किङ स्थल, विश्राम स्थल, ध्यान स्थल, कम्पोष्ट मल तयार पार्ने ठाउँ रहनेछन् ।

हाल आयुर्वेद अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि जडिबुटी अध्ययन, अनुसन्धानकाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको आयुर्वेद अध्ययन संस्थानका प्रमुख प्राध्यापक डाक्टर सञ्जय पोखरेलले बताए । संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक रमेशप्रसाद ढकाल विश्वविद्यालयको सम्पूर्ण जग्गाको बारेमा कसरी उपभोगमा ल्याउन सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययन प्रतिवेदन तयारीमा लागेको बताए ।

उपकुलपति ढकालकाअनुसार पहिलो चरणमा आयुर्वेदिक जडिबुटी अध्ययन, अनुसन्धानका लागि मात्रै उद्यान निर्माण गर्न थालिएको छ । जग्गाको विस्तृत अध्ययन प्रतिवेदनअनुसार व्यवसायिकरुपमै जडिबुटी उत्पादन गर्न सकिने उपकुलपति ढकालको भनाइ रहेको छ । बगान निर्माण गर्न थालिएको जग्गा हाल संरक्षणविहीन अवस्थामा रहेको छ । उद्यान निर्माण गरेसँगै संरक्षणमा समेत आउने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्