बेवारिसे व्यक्तिलाई सहयोग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बेवारिसे व्यक्तिलाई सहयोग

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।

बिजौरीको सडकबाट प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइएका एकजना अन्दाजी ४० बर्षका बेवारिसे बिरामीको उपचारसँगै खानपानका लागि स्थानीय समाजसेवीले आर्थिक सहयोग समेत गर्न थालेका छन् ।

अस्पताल प्रशासनले उपचारमा आनाकानी गरी भर्ना नलिएको गुनासा विभिन्न सन्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य जगप्रसाद शर्माले ती बेवारिसे बिरामीलाई पौष्टिक खानाका लागि भन्दै २ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहको रोहवरमा लोपोन्मुख राउटे तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका उपाध्यक्ष तथा सामाजिक अभियन्ता यज्ञबहादुर बुढाले ती बेवारिसे व्यक्तिको स्वास्थ्य उपचार तथा खानपिनका लागि भन्दै ५ हजार रुपैयाँ अस्पतालका सुरक्षा इन्चार्जलाई उपलब्ध गराएका छन् ।

बोल्न नसक्ने र इशाराले मात्र बुझ्ने ती व्यक्ति कहाँका हुन भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । खुट्टामा भएको घाउ पाकेर किरा परेका ती व्यक्तिको घाउ सफागरी कम्तीमा ६० ग्रामजती किरा निकालिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

यसैबीच बिजौरीस्थित नयाँपाइला पुनःस्थापना केन्द्र बिजौरीले मानसिक सन्तुलन ठीक नभएका जस्ता देखिने ती बेवारिसे व्यक्तिलाई स्वास्थ्यलाभ नहुञ्जेलसम्म आश्रय दिने तथा उपचारमा पनि सहयोग गर्ने जनाएको छ ।

संस्थाका कार्यकारी निर्देशक सुरेश भुसालले ती व्यक्तिलाई आश्रय र उपचार दिने सन्दर्भमा स्थानीय प्रहरी तथा तुलसीपुर उपमहानगरपालिकाको समेत ध्यानाकर्षण गराएको कार्यकारी निर्देशक भुसालले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्