स्याङ्जामा थप १६ जना प्रहरीमा कोरोना पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

स्याङ्जामा थप १६ जना प्रहरीमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १३, स्याङ्जा ।
पछिल्लो अद्यावधिक अनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार साँझ कोरोना पुष्टि भएका स्याङ्जाका २५ जनामध्ये १६ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

हालसम्म प्रहरी कार्यालयमा ३७ प्रहरी, एक शिशु र एक जना थुनुवामा पनि कोरोना पुष्टि भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

सुरक्षा निकायका व्यक्तिहरुलाई नै कोरोना संक्रमण भएपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्