तालिवानद्वारा ३ दिने युद्धविराम घोषणा – Kanika Khabar
Sunday, March 16Nepali News Portal

तालिवानद्वारा ३ दिने युद्धविराम घोषणा

    मा प्रकाशित

एजेन्सी । तालिबानले ईद अल अधाको मुस्लिम छुट्टीको समयमा शुक्रवारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ । मङ्गलबारनै दुई महिनाभन्दा बढी अविधिपछि अफगानिस्तान सरकारले दोस्रो पटक तालिवानसँग वार्ताको प्रस्ताव गरेसँगै उक्त समूहले पर्वका समय पारेर युद्धविरामको घोषणा गरेको हो ।

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गरी भने, “सबै मुजाहिद्दीन ९तालिबानी लडाकू० लाई ईद अल–अधाको तीन दिन र तीन रातमा दुश्मनको विरूद्ध कुनै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको छ ।”

यसअघि मङ्गलबार नै राष्ट्रपति असरफ घानीले राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ अधिकारीसँग एक हप्ताभित्र शान्तिवार्ता हुने बताएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्