बामदेव एकाएक ‘यूटर्न’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बामदेव एकाएक ‘यूटर्न’

    मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा देखिएको आन्तरिक विवादमा आफ्नो धारणा स्पष्ट गर्न केही अघि नै तयारी अवस्थामा थिए, उपाध्यक्ष बामदेव गौतम । सो विषय समाचारको रुपमा बाहिर आएको पनि थियो । तर, साउन ६ गते उनको निजी सचिवालयले वामदेव गौतमले पार्टीभित्र विकसित परिस्थितिबारे वक्तव्य जारी गर्ने भनी आएका हल्ला निराधार भएको भन्दै उनले आफ्ना कुरा बैठकमै राख्ने बताएको थियो । तर सचिवालयले यस्तो बताएको सातै दिनमा मंगलबार गौतमको लिखित धारणा आयो ।

पार्टीभित्रको विवाद मिलाउन भन्दै गौतमको ६ बुँदे लिखित प्रस्ताव मात्र आएन, उक्त प्रस्तावले कोरोना र आफ्नो स्वास्थ्यको कारण हतपत बालुवाटारबाट ननिस्किने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास भैंसेपाटीसम्म पुर्यायो । जुन आश्वासन र भरोसाका साथ गौतमको लिखित प्रस्ताव आयो, त्यही भरोसालाई कायम राख्न ओली गौतम निवास पुगेको बुझ्न कठिन छैन । भैँसेपाटी पुगेर ओली गौतमसँग दुई घण्टा कुराकानी गरेर फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई सहज हुने गरी गौतमले अघि सारेको ६ बुँदे प्रस्तावले नेकपाभित्रै तरंग पैदा परेका छ भने अस्थिर स्वाभावका उनले कुन नियतका साथ यस्तो प्रस्ताव ल्याए भन्नेबारे पनि चासो उत्पन्न भएको छ ।
गौतमको प्रस्तावअनुसार प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर ओली प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म अध्यक्ष रहने उल्लेख छ । यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने उनको प्रस्ताव छ । त्यति मात्र होइन, उनले प्रधानमन्त्री ओलीको काममा पार्टीले कुनै हस्तक्षेप गर्न नहुने पनि आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।

तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व भने पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने उनको प्रस्ताव छ । यस्तै प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि पनि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्न तथा पार्टीको सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सवैधानिक निकायमा नियुक्त गर्न पनि उनले सुझाएका छन् ।
उनले लिखित रुपमै यस्तो प्रस्ताव ल्याउँछन् भन्नेबारे कार्यकारी अध्यक्ष प्रचण्डले कल्पना पनि गरेका थिएनन् । किनभने हिजो उनीसँग उनकै निवासमा भएको छलफलमा यी कुराहरुको बारेमा केही पनि चर्चा नगरेको एक नेताले रातोपाटीलाई बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्