दाङ, ३० वैशाख ।
सिके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्।
गुरूङले आज मङ्गलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्।
गुरूङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्।
सांसद गुरूङले सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ।
सभामुख घर्तीमगरले भने सांसद गुरूङले राजीनामा दिएकोबारे आफूलाई कुनै पत्र प्राप्त नभएको बताए।