मा प्रकाशित
कनिका खबर
साउन १४, दाङ ।
दाङ जिल्लको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर बुधवार बिहान ३ बजेतिर पहिरोले पुरिदा २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्मा नेपालीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा प्रवक्ता सुमित खड्काले जानकारी दिए ।