आजबाट माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान सुरू – Kanika Khabar
Thursday, June 12Nepali News Portal

आजबाट माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान सुरू

    मा प्रकाशित

बैतडी, २ जेठ ।
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजबाट सुरू हुँदै छ। बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन्।

अध्यक्ष प्रचण्डसहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन्। यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो।

मध्यपहाडी लोकमार्ग अभियानको क्रममा बैतडीको पाटन जाँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टिमलाई डडेल्धुराको सदरमुकाम अमरगढीमा पार्टीका नेताहरू सहित स्थानीयवासीले स्वागत गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्