नारायण गौतमको ‘भुल्नै सकिनँ’ सार्वजनिक – Kanika Khabar
Thursday, June 12Nepali News Portal

नारायण गौतमको ‘भुल्नै सकिनँ’ सार्वजनिक

    मा प्रकाशित

काठमाडौँ, २ जेठ ।
गीतकार नारायण गौतमको ‘भुल्नै सकिनँ’ सार्वजनिक भएको छ । गीतकार गौतमको ‘भुल्नै सकिनँ’ गत बुधबार सार्वजनिक भएको हो ।

प्रेम वियोगको भावमा रचना गरिएको गीतकार गौतमको गीतमा एउटा प्रेमीले प्रेमिकाको मायाको लागि गरेको प्रतीक्षा र सङ्कल्पको भाव समेटिएको छ । प्रेमिकाको खुशीका लागि प्रेमीले गरेको त्याग र समर्पणको भावले गीतको श्रुतिमा कलात्मकता थपेको छ ।

राजकुमार बगरको संगीतमा कर्ण दासको आवाज रहेको छ । त्रिवेणी डिजिटलमा रेर्कड गरिएको गीतमा बिशाल निरौलाले म्युजिक एरेन्ज गरेका छन् । गीतकार गौतमले नारायण गौतम युट्युब च्यानलबाट लिरिकल भिडियो सार्वजनिक गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्