मा प्रकाशित
काठमाडौँ, ३ जेठ ।
संसदीय उपसमिति विद्यालय शिक्षा विधेयकमाथि छलफल र सहमति कायम गर्ने काममा व्यस्त रहेको छ । उपसमितिले प्रारम्भिक बाल विकास कक्षा अब दुई वर्षको हुने समझदारीमा छ। यो समझदारीसँगै निजी विद्यालयहरूले पनि दुई वर्षकै प्रारम्भिक बाल विकास कक्षा सञ्चालन गर्नुपर्ने छ। अब निजी विद्यालयहरुले अहिलेजस्तो नर्सरी, केजी, एलकेजी जस्ता बहुवर्षीय कक्षा सञ्चालन गर्न पाउने छैनन्।
सार्वजनिक विद्यालयका हकमा सरकारले तोकेको मितिदेखि प्रारम्भिक बाल विकास कक्षा दुई वर्षको हुनेछ।