बाँकेमा बाढीको जोखिम, १ सय १४ गाउँ उच्च जोखिममा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बाँकेमा बाढीको जोखिम, १ सय १४ गाउँ उच्च जोखिममा

    मा प्रकाशित

कनिका खबर
साउन १४, बाँके ।
राप्ती नदी लगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका एक सय १४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका एक सय १४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो ।
जिल्लामा सबैभन्दा धेरै राप्ती सोनारीका नौवटै वडाका ४३ गाउँ बाढीको उच्च जोखिममा रहेका केन्द्रका स्रोत व्यक्ति गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो । राप्तीसोनारी पछि दोस्रोमा नरैनापुर गाउँपालिकाका पाँच वटा वडाका २० गाउँ बाढीको जोखिममा रहने गरेका छन् ।
बैजनाथ गाउँपालिका वडा नं दुइ, तीन, चार, पाँच, ६, सात र आठ वडाका केही स्थान बाढीको जोखिममा रहेको केन्द्रले जारी गरेको नक्साङ्कनमा उल्लेख छ । जानकी गाउँपालिकाको वडा नं एकको साइगाउँ, शिवपुरी, पचपोखरा, बढैया गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २० मा पर्ने मदनापुर डुडुवा खोलाको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
बाढीको उच्च जोखिममा रहेका गाउँमा क्षति हुन नदिन स्थानीय तह र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले आवश्यक पूर्वतयारी गरेका छन् । बाढीको उच्च जोखिममा रहेका गाउँ र ठाउँको पहिचान गरी उद्धार, राहत तथा पूर्व सूचनासहित पूर्वतयारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याययले जानकारी दिए । पहाडी क्षेत्रमा भारी वर्षा भई बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य बढ्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्