पहिरोका कारण विनायक बजार जोखिममा – Kanika Khabar
Friday, April 26Nepali News Portal

पहिरोका कारण विनायक बजार जोखिममा

    मा प्रकाशित

कनिका खबर
साउन १४, अछाम ।
पहिरोका कारण विनायक बजार जोखिममा रहेको छ । सोमबारबाट परेको अविरल बर्षाका कारण पञ्चदेवल विनायक नगरपालिकाको केन्द्रबिन्दु विनायक बजार नै उच्च जोखिममा रहेको हो । न्यु रोड स्थित वडा नम्वर ३ विनायकका हृदय राज अधिकारीको घरको पछाडीबाट पहिरो बग्न थालेपछि अन्य पसल तथा घरहरु उच्च जोखिममा रहेका हुन ।
बजारका अन्य ठाउँमा पनि निरन्तरको बर्षाले जोखिम निम्त्याएको छ । बजारबाट मध्यपहाडी राजमार्गसम्म जोडिएको सडक खण्डमा ठुलो पहिरोका कारण आवत जावतमा समेत सास्ती हुने गरेको स्थानीयले बताएका छन् । यस्तै पञ्चदेवल विनायक नगरपालिकाको कार्यालय अगाडिबाट नै ठुलो पहिरो जाँदा नगरपालिकाको कार्यालय,इलाका बन कार्यालय र आसपासका घर तथा पसलहरु उच्च जोखिममा छन् । नगरपालिकाको मुख्य गेटबाट नै पहिरो गएको महिना दिन बितिसक्दा समेत समन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
विनायक बजारका ठाउँ ठाउँमा गएको पहिरोले स्थानीयबासी तथा बजारबासीहरु त्रसित भएरका छन् । सोमबारबाट निरन्तर परिरहेको अविरल बर्षाले अन्य ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् । असारे बजेको चटारोमा हतार, हतार निर्माण तथा मर्मत भएका अन्य बिकासे योजनाहरु बेकाम्मे भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्