गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना बिमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना बिमा

    मा प्रकाशित

कनिका खबर
साउन १४, सिन्धुपाल्चोक ।
पछिल्लो चरणमा कोरोना भाइरस समुदायमा फैलने खतरा बढ्दै गएपछी हेलम्बु गाउँपालिकाले गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना बिमा गरेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायत सम्पुर्ण स्थानीय जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत जनप्रनितिधि, शिक्षक तथा सहयोगी कर्मचारी गरि तीन सय ५२ जनाको गाउँपालिकाले कोरोना बिमा गरेको हो ।
आइएमइ जनरल इन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत गरिएको उक्त बिमाको अवधि आगामि चैत्र मसान्तसम्म कायम रहने छ । यस अवधिभित्र बिमितको पिसिआर रिपोर्ट पोजेटिभ आइ संक्रमण पुष्टि भएमा कम्पनिले एक लाख प्रदान गर्ने गरि आवधिक बिमा गरिएको आइएमइ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ अधिकृत शुशिला घिमिरेले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्