भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघ्यो – Kanika Khabar
Wednesday, March 19Nepali News Portal

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या १५ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार ५ सय १३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ लाख ३५ हजार ३ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ६ सय ६८ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३४ हजार १ सय ४९ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ९ लाख ८० हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्