दाङ, १५ जेठ ।
साहित्यकार स्मृति योगीले पहिले कृति ‘अनुराग’ गजलसङ्ग्रह पत्रकार महाशाखा दाङको सभाहलमा एक कार्यक्रमको बिच विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा महाकाव्यकार बुनू लामिछानेको प्रमुख आतिथ्य एवम् परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साहित्यकार योगीको गजल सङ्ग्रह ‘अनुराग’ मा विभिन्न विषय समेटिएर तयार पारिएका ८० वटा गलज समावेश रहेका छन् । समाजमा भएका विभिन्न विभेद, सामाजिक, आर्थिक, विसङ्गति लगाएत सबै कुरालाई अनुरागमा समेटिएको छ । गजलसङ्ग्रह ‘अनुराग’ को समीक्षकमा साहित्यकार सन्ध्या रेग्मी र छविलाल कोपिला रहेका थिए । समीक्षक दुबैले योगीले समाजमा भए गरेका विभिन्न विषयलाई उठाएर समाज रुपान्त्रणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामनासंगै सल्लाह सुझाव समेत दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणी देवकोटा लगाएतले शुभकामना व्यक्त गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेश पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।