सरकार हरेक कोंणबाट असफलः नेका केन्द्रीय सदस्य गिरी – Kanika Khabar
Friday, April 26Nepali News Portal

सरकार हरेक कोंणबाट असफलः नेका केन्द्रीय सदस्य गिरी

    मा प्रकाशित

कनिका खबर
दाङ १४ साउन ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सिंचाइमन्त्री दिपक गिरीले वर्तमान सरकार हरेक कोणबाट असफल भएको बताएका छन । आज बुधबार रिपोटर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गिरीले वर्तमान सरकार जनताको समृद्धिका सवालमा निकम्मा सावित भएको समेत बताए । विश्वव्यापी कोरोना संक्रमणकावेला आम नागरिकको ज्यान जोगाउन विश्व अघि बढिरहेकावेला वर्तमान कम्युनिष्ट नेतृत्वको सरकार भने कुर्चि बचाउन मात्र लिप्त भएको बताएका छन् ।
‘फरक दृष्टिकोणका दुइ कम्युनिष्टबीचको अपवित्र गठवन्धनले करीव दुई तिहाइ वहुमत यो सरकारले पाए पनि अल्पसंख्यक नागरिकलाईसमेत यो सरकारले सम्बोधन गर्न सकेको छैन, मलाई लाग्छ, यो मुलुककै इतिहासमा निकम्मा र असफल सरकार हो’ केन्द्रीय सदस्य गिरीले भने । फरक फरक ध्रुवका दुई वटा कम्युनिष्ट पार्टीको एकता मुलुकको समृद्धिका लागि नभएर मुलुकलाई लुट्नका लागि मात्रै उद्धत रहेको भन्दै केन्द्रीय सदस्य गिरीले यो एकताले जनतालाई झुक्याएको बताए । तर अव जनता झुक्किने अवस्था नरहेको पनि उनको अभिव्यक्ति थियो ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख वत्ताका रुपमा रहेका गिरीले सरकारले बैज्ञानिक आधारबिनै खोलेको लकडाउन जनताको कर अशुल्नका लागि मात्र केन्द्रित रहेको बताए । कोभिड नियन्त्रणकै सवालमा अरबौं रुपैया घोटाला गरिरहेको सरकारले जनताको जिउज्यान जोगाउने र कोरोनाको उपचार गर्ने तर्फ कुनै पनि अर्थपूर्ण पहल गर्न नसकेको अभिव्यक्ति दिए ।
सोही अवसरमा स्थानीय विकास निर्माणका मुद्दामा समेत सरकार असफल भएको बताउंदै दशकौं पहिले सन्चालनमा आएको टरीगाउँ विमानस्थललाई समेत समाप्त पार्न लागेको बताए । विमानस्थलको स्तरबृद्धिका सन्दर्भमा आम दङालीहरुको पहल निरन्तर भैरहेको अवस्थामा वर्तमान सरकारको बजेट वक्तव्य र रातो कितावमा पनि टरीगाउँ विमानस्थलका लागि बजेट नपर्नु दुर्भाग्यपूर्ण रहेको बताए । त्यसैगरी किसानलाई आवश्यक पर्ने रसायनिक मल उपलव्ध गराउन समेत सरकार असफल भएको उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा उनले खुलेरै उद्घोष नगरे पनि साथीभाइसँगको सल्लाहपछि आफु पार्टीको आसन्न महाधिवेशनमा सह महामन्त्रीको उम्मेदवार बन्न सक्ने आशय व्यक्त गरे । ‘यो मैले सबै साथीभाइको सल्लाहपछि काठमाडाँैमा गएर उद्घोष गर्नेछु, तर मेरो मनसाय अव केन्द्रीय सदस्यबाट माथि उक्लनु हो’—गिरीले भने ।
कार्यक्रममा प्रदेश सभासदस्य शंकर गिरीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य शंकर गिरीले वाह्र जिल्लाबाट कांग्रेसमा परेको जनमतलाई आफूले सम्मान गर्ने बताए । आफू संसदीय अभ्यासमा पहिलो पटक आएको बताउंदै जनजीविका र विकास निर्माणका सवालमा प्रदेश सरकारमा खरो प्रतिपक्षीको भुमिका निर्वाह गर्ने पनि बताए । कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्