स्थलगत अध्ययनमा प्रदेश ५ प्याब्सन, आज दाङमा छलफल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

स्थलगत अध्ययनमा प्रदेश ५ प्याब्सन, आज दाङमा छलफल

    मा प्रकाशित

कनिका खबर
साउन १४, दाङ ।
कोरोनाको कारणले तीन महिनाभन्दा लामो समयदेखि बन्दरहेका सस्थागत विद्यालयहरुको अवस्थाको बारेमा जानकारी लिनको लागी प्याब्सन ५ नम्बर प्रदेश कमिटीका पदाधिकारीको टोलि प्रदेश ५ अन्तर्गतका जिल्लाहरुको अध्ययन भ्रमणमा निस्किएका छन ।
अध्ययन भ्रमणकै क्रममा बर्दियादेखि आज दाङ जिल्ला आइपुगेको प्याब्सन प्रदेश अध्यक्ष राम प्रसाद पान्डे सहित ५ सदस्यीय पदाधिकारीको टोलीले घोराहीमा केन्द्रीय कमिटीका सल्लाहकार र केन्द्रीय सदस्यहरुको समेतको उपस्थितिमा जिल्ला कमिटी, स्थानीय पालिका कमिटीसँग अन्तरक्रिया समेत गरेको थियो । उक्त अन्तरक्रियामा हालको विषम परिस्थितिमा पालिका तरमा संस्थागत विद्यालयहरुले भोग्नुपरेको अफ्ठ्यारोको बारेमा प्याब्सनका पालिका स्तरीय कमिटीका अध्यक्षहरुले जानकारी गराएका थिए भने पाब्सन प्रदेश कमिटीका पदाधिकारीले स्थलगत अध्ययनका क्रममा जानकारीमा आएका अन्य जिल्लाका समस्याहरुका साथै अहिलेको परिस्थितिमा सस्थागत विद्यालयहरुको समस्यालाई सम्बोधन गर्नका लाीग प्रदेश स्तरमा गरिएका पहलहरुको बरेमा जान्कारी गराएका थिए । त्यसैगरी केन्द्रीय सदस्य र सल्लाहकारहरुले हालको अबस्थामा प्याब्सनको केन्द्रीय कमिटीले खेलिरहेको भुमिका र भावी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
प्याब्सन दाङका अध्यक्ष रेशम बहादुर बुढाको अध्यक्षता एवम प्याब्सन केन्द्रीय कमिटीका सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि नारायण अधिकारीले संक्रमणको दर घट्दै गएकाले विद्यालय सन्चालनको वातावरण छिट्टै निर्माण हुने भएकाले अहिले आत्तिएर स्थानीय सरकार वा सरोकारवाला निकायको लिखित आदेशबिना विद्यालय सन्चालन गर्दा संक्रमण देखिएमा विद्यालयहरु अझ गम्भीर समस्यामा पर्ने बताएका थिए ।
कार्यक्रममा प्याब्सन घोराहीका अध्यक्ष बिरेन्द्र चन्द, प्याब्सन तुलसीपुरका उपाध्यक्ष डम्बर डाँगी र याब्सन लमहीका कोषाध्यक्ष कान्ताप्रसाद चौधरीले प्याब्सन स्थानीय पालिकाले पालिका स्तरमा गरेका प्रयासहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्याब्सन प्रदेश ५ का अध्यक्ष रामप्रसाद पान्डेले महामारीले सबै क्षेत्रमा असर गरेको र त्यसबाट शिक्षा क्षेत्र पनि अछुतो नभएकोले नआत्तिन र धैर्य गर्न साथै आगामी दिनहरुमा आफ्नो सस्थालाई अरुभन्दा भिन्दै पहिचानको बनाउनका लागि योजना बनाउन आग्रह गरेका थिए ।
प्याब्सन केन्द्रीय प्रागिक सल्लाहकार अरुण कुमार शर्माले राज्यले यातायात, पर्यटन र कृषि क्षेत्रलाई अति प्रभावित क्षेत्रका रुपमा लिई सोही अनुसार राहतका कार्यक्रम ल्याएको तर शैक्षिक सस्थाहरुको पीडालाई बेवास्ता गरी सौतेनी व्यबहार गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा प्याब्सन ५ नम्बर प्रदेश कमिटीका उपाध्यक्ष राना, प्याब्सन केन्द्रीय सदस्यद्वय यादव गिरी र केशव थापाले आफ्नो धारणा राख्नुभएको थियो । प्याब्सन दाङका उपाध्यक्ष निर्मल न्यौपानेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण प्याब्सन दाङका सचीव खगेश्वर पौडेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्