काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै – Kanika Khabar
Sunday, January 18Nepali News Portal

काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै

    मा प्रकाशित

कनिका खबर
साउन १५, काठमाडौं

फागुनमै नेपाली काँग्रेसको १४ औं महाधिवेशन हुनेमा अझै आशङ्का रहे पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र इतर समूहबीच महाधिवेशन केन्द्रित किचलो सुरु भएको छ । महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गर्न असफल देखिएका सभापति देउवाले महाधिवेशनको मिति घोषणापछि विभागसहितका निकाय गठन तीव्र पार्नु भएको छ । त्यसलाई नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका असन्तुष्ट पक्षले महाधिवेशन प्रभावित गर्ने देउवा रणनीति भएको ठहर गरेको छ ।

विधि र प्रक्रियाविपरीत गएर महाधिवेशन प्रभावित गर्ने उद्देश्यले गठन गरिएका कुनै निकायमा नबस्ने र आफूनिकट नेता तथा कार्यकर्तालाई पनि नबस्न आग्रह गर्ने निर्णयमा उनीहरू हिजोको गुटगत भेलाबाट पुगेका हुन् । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब विभाग गठनको औचित्यसमेत नरहेको निस्कर्ष असन्तुष्ट पक्षको हिजोको भेलाले निकालेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्