दुई सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

दुई सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन १५, काठमाडौं
नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना रहेका छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि गत मङ्गलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना सक्रमित मध्ये १ जना सेनाका जवान थिए । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा नेपाली सेनाका थप २ जनामा कोरोना पुष्टि भएको पाइएको हो । ११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पताल स्रोतले जनाएको छ । अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१, २९, ४६, २४, १९, ५३ र ३९ वर्षका पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालमा कार्यरत ३० वर्षीया एकजना महिला तथा ३८, ३० र २४ वर्षका तीन जना पुरुषमा पनि कोरोना देखिएको छ । काठमाडौँमा १४ सहित दुई सय १० जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

फागुनमै नेपाली काँग्रेसको १४ औं महाधिवेशन हुनेमा अझै आशङ्का रहे पनि सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र इतर समूहबीच महाधिवेशन केन्द्रित किचलो सुरु भएको छ । महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गर्न असफल देखिएका सभापति देउवाले महाधिवेशनको मिति घोषणापछि विभागसहितका निकाय गठन तीव्र पार्नु भएको छ । त्यसलाई नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका असन्तुष्ट पक्षले महाधिवेशन प्रभावित गर्ने देउवा रणनीति भएको ठहर गरेको छ । विधि र प्रक्रियाविपरीत गएर महाधिवेशन प्रभावित गर्ने उद्देश्यले गठन गरिएका कुनै निकायमा नबस्ने र आफूनिकट नेता तथा कार्यकर्तालाई पनि नबस्न आग्रह गर्ने निर्णयमा उनीहरू हिजोको गुटगत भेलाबाट पुगेका हुन् । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीका सबै निकाय गठन गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब विभाग गठनको औचित्यसमेत नरहेको निस्कर्ष असन्तुष्ट पक्षको हिजोको भेलाले निकालेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्