बाढी र पहिरोले पश्चिम नेपालमा ठूलो नोक्सान, ६ सय भन्दा बढि परिवार विस्थापित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बाढी र पहिरोले पश्चिम नेपालमा ठूलो नोक्सान, ६ सय भन्दा बढि परिवार विस्थापित

    मा प्रकाशित

कनिका खबर
साउन १५, काठमाडौं
मनसुनी प्रभाव सुरु भएसँगै पश्चिम नेपालमा बाढी र पहिरोले क्षति गर्न थालेको छ । हिजो बाढी र पहिरोमा परेर ११ जनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन् । ६ हजारभन्दा बढी परिवार डुबानमा परेका छन् । पहिरोले घर पुरिँदा कालिकोटमा नौजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । दाङमा पहिरोले घर पुरिँदा हिजो दुईजनाको मृत्यु भएको छ । त्यस्तै, सुदूरपश्चिममा बाढी र पहिरोमा परी चारजना बेपत्ता भएका छन् । बाढीले बगाउँदा कैलाली तीन र पहिरोमा पुरिएर बाजुरामा एकजना बेपत्ता भएका हुन् । कैलालीमा ६ हजार २३ परिवार डुबानमा परेका छन् । उनीहरूमध्ये दुई हजार परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले विभिन्न वस्तीहरू डुबानमा पर्दा ६ हजारभन्दा धेरै परिवार विस्थापित भएका बताउनुभयो । विस्थापित भएका परिवारलाई स्थानीय सरकारले खाने बस्ने व्यवस्था गरेका र सुरक्षा निकाय, जनप्रतिनीधि र रेडक्रस लगायत विभिन्न क्षेत्रको सहकार्यमा उद्धार र राहतको काम भइरहेको पनि उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्