बाढी र पहिरोमा परी बेपत्ता नौ जना मृत फेला, जिल्लाभर ७ जना अझै बेपत्ता – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

बाढी र पहिरोमा परी बेपत्ता नौ जना मृत फेला, जिल्लाभर ७ जना अझै बेपत्ता

    मा प्रकाशित

कनिका खबर
साउन १५, कालिकोट
अबिरल वर्षा पछिको बाढी र पहिरोले कालिकोटको नरहरीनाथ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको छ । नरहरीनाथ गाउँपालिकाको वडा नं ७ को बागामा घर पुरिंदा एकै घरका ११ जना मध्ये सात जना पुरिएका हुन् । पुरिएकामध्ये ६ जना मृत अवस्थामा प्रहरीले भेट्टाएको छ । गम्भीर अबस्थामा प्रहरीले उद्धार गरी कुमालगाउँ प्राथमिक स्वस्थ्य केन्द्रमा पुर्याएकी बिमला बुढाको पनि स्वास्थ्य केन्द्रमै मृत्यु भएको छ ।

गंगे बुढाको घर भत्कीदा उहाँका श्रीमती सहित छोराछोरी, नाती नातीना र बुहारी बेपत्ता भएका थिए । ४ जना भने सकुसल रहेका छन् । नरहरीनाथ गाउँपालिका वडा नं ७ बागाका ६५ वर्षका गंगे बुढा, उहाँका श्रीमति नैना बुढा, बुहारी २४ वर्षकी सिता बुढा, नातीनी १० वर्षकी चन्द्रीका बुढा, नाती ७ वर्षका राम बुढा, नाती डेढ वर्षका चरित्र बुढाको शव भेटिएको कालिकोट प्रहरीले जनाएको छ । नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष मनसोभा बुढाका अनुसार नरहरीनाथ गाउँपालिकाको वडा नं ४ को गोठिमा रहेको बाले बुढाको घर भत्कीदा उहाँ र उहाँका श्रीमती मना बुढा बेपत्ता भएकोमा दुवैजनाको शव भेटिएको छ ।

नरहरीनाथ गाउँपालिकाका बिभिन्न ठाउँमा गएको पहिरोमा परि ९ जना को मृत्यु भएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्