अम्कोटको पहिरोमा परेर एक जना बेपत्ता, २ जना घाइते – Kanika Khabar
Friday, April 19Nepali News Portal

अम्कोटको पहिरोमा परेर एक जना बेपत्ता, २ जना घाइते

    मा प्रकाशित

कनिका खबर
साउन १५, बाजुरा
बुढिगंगा नगरपालिका वडा न १ अम्कोटमा पहिरोमा परी एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही नगरपालिका वडा न १ अम्कोटका बर्ष २१ का धर्मराज पाध्याय रहनुभएको छ । बाख्रा चराउन गएको समयमा माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहनुभएको छ । प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार एकजना सामान्य र एकजना गम्भीर घाइते भएका छन् । बेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायालले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्