बालेनविरुद्ध अख्तियारमा उजुरी – Kanika Khabar
Monday, July 14Nepali News Portal

बालेनविरुद्ध अख्तियारमा उजुरी

    मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अधिवक्ता युवराज सफलले महानगरको कार्यालयमा बिना प्रतिष्पर्धा, बिना टेण्डर र बिना कोटेसन लिफ्ट जडान गरिएको भन्दै बालेनविरुद्ध अनुसन्धान गर्न अख्तियारमा उजुरी दिएका हुन् ।

उजुरीमा उनले भनेका छन्- ‘ सामान्यतया सरकारी वा सार्वजनिक निकायले कुनै खरिद वा निर्माण गर्दा बोलपत्र आव्हान गर्नुपर्ने कुरा अनिवार्य नै हो । अत तत्काल काठमाडौं महानगरपालिकाले जोडेको नयाँ लिफ्ट जडान सम्बन्धी टेण्डर ,बोलपत्र लगायतका आवश्यक कागजात, निर्माण कम्पनीको विवरण, सो निर्माण स्वीकृत गर्दाका सम्पुर्ण फाइल, भुक्तानी विवरण, विल भौचर लगायतका कागजात समेत झिकाई नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता एवम् भ्रष्टाचारको सम्बन्धमा सत्यतथ्य छानविन गरी आवश्यक कारवाही गर्नुहुन प्रस्तुत उजुरी पेश गरेको छु ।’
एभरेष्ट न्यूज एजेन्सी

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्